नगर्पा—सिन्धुपाल्चोकको पूर्वी सुन्दरता र जनजीवन

मेराे प्याराे गाउँ 





नगर्पा बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिकामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस जिल्लाको पूर्वी भेगमा पर्दछ र प्राकृतिक तथा भौगोलिक रूपमा विविधता बोकेको क्षेत्रका रूपमा चिनिन्छ। यहाँको मुख्य कृषि उपजमा मकै, कोदो, गहुँ, किवी, अलैँची आदि प्रशस्त मात्रामा उत्पादन हुने गर्दछ । जसले यहाँका बासिन्दाको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको छ।

यस क्षेत्रमा दलित तथा विभिन्न जनजाति समुदायहरूको बसोबास पाइन्छ । जसले सांस्कृतिक विविधता र सामुदायिक सुमधुर वातावरण लाई अझ समृद्ध बनाएको छ। नगर्पा गा.वि.स.को पूर्वी भागमा दोलखा जिल्ला पर्दछ भने नजिकै अवस्थित कालिन्चोक भगवती मन्दिर धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण तथा रमणीय स्थलका रूपमा परिचित छ।

यद्यपि भौगोलिक बनावटका कारण यहाँ केही चुनौतीहरू पनि रहेका छन्। डाँडाकाँडा र भिरालो जमिन भएकाले वर्षाको समयमा बाढी तथा पहिरोको उच्च जोखिम हुन्छ, जसले स्थानीय बासिन्दालाई समय–समयमा समस्यामा पार्ने गरेको छ। 

Post a Comment

0 Comments